सरकार परिवर्तन हल्लामात्र भएको गृह मन्त्री बस्नेतको दावी

573 पटक पढिएको

सम्पादक: Dhading News

????????????????????????????????????

धादिङ, २२ फागुन – समयको गतिशिलता संगै मानिसको आवश्यकताले नै परिवर्तन हुने भएकाले ६५ वर्ष लक्ष्य प्राप्ती भएको छ । सामाजिक मूल्य मान्यता, समकालिन आकांक्षा पुरा गर्दै जानु वदलिदो परिस्थितरुको आवश्यकता भएका कारण भौगालिक अखण्डता र सार्वभौम सत्ता जनतामा निहित वाहेकका संविधानका वुँदाहरु परिवर्तनशिल छन् । सामाजिक सुरक्षा, आवास, खाद्य सुरक्षा, रोजगारी, शिक्षा, स्वास्थ्यहरुलाई मौलिक हकमा राखिएका छन्, त्यस कारण लोकतान्त्रिक भनिएका मुलुकको संविधान भन्दा नेपालको संविधान एक कदम अघि भएको गृहमन्त्री शक्ति बहादुर बस्नेतले बताउनु भयो ।
क्रान्तिकारी पत्रकार संघ धादिङको दोस्रो अधिवेशन उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै गृह मन्त्री  बस्नेतले सामाजिक न्याय सहितको आर्थिक, सामाजिक, साँस्कृतिक र शुसाशनको विकास शान्ति स्थापना हुने बताउनु भयो । स्वाधिनता र आत्मनिर्भर हुन दुई खुट्टा संगै चाल्न सकिए मात्र गन्तव्यमा पुग्न सकिने बताउँदै संविधानका विषयमा अलमलिनु पर्ने कुनै कारण नरहेको गृहमन्त्री बस्नेतले बताउनु भयो । संघीय सिमाङ्कनका विषयमा टुंगो लगाउन सिमाङ्कन विवाद समाधान राजनीतिक समिति गठन भईसकेको समेत उहाँको भनाई थियो । कांग्रेस पार्टीको महाधिवेशन पछि सरकार परिर्वतन हुने चर्चा हल्ला मात्र भएको दावी गर्दै गृहमन्त्री बस्नेतले भन्नुभयो ‘अहिलेको सरकार अब राष्ट्रिय सरकारमा विस्तार हुनेछ ।
कान्तिकारी पत्रकार संघका केन्द्रिय संयोजक गोविन्द आर्चायले ठुला सञ्चार गृहले व्यावसायिक पत्रकारिताको कुरा गरेर अल्मल्याएको भन्दै समाजवाद निमार्णको लक्ष्यमा कलम चलाउन पर्ने आजको आवश्यकता भएको बताउनुभयो । क्रान्तिकारी पत्रकार संघलाई एनेकपा माओवादी पार्टीको कुनै किसिमको हस्तक्षेप स्वीकार्य हुर्दैन भन्दै संयोजक आचार्यले पत्रकार संघमा आवद्ध हुने सदस्यहरु अन्य क्षेत्रमा भन्दा पत्रकारितामा सक्रिय हुनु पर्ने मा जोड दिनु भयो ।