शिक्षालाई सैद्धान्तिक भन्दा पनि व्यवहारिक बनाउनुपर्छ – प्रा.डा.विद्यानाथ कोईराला

721 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12825456_986177838138096_2126046050_nधादिङ । प्राध्यापक डाक्टर विद्यानाथ कोईरालाले शिक्षालाई सैद्धान्तिक भन्दा पनि व्यवहारीक बनाउनु पर्ने बताउनुभएको छ । धादिङको जिवनपुर ५ छापडाँडामा रहेको महाँकालेश्वरी माध्यमिक विद्यालयको ३१ औँ वार्षिक उत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमको प्रमुख आतिथी समेत रहनुभएका डाक्टर विद्यानाथ कोईरालाले देशको परिस्थिती अनुसार शिक्षालाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । वार्षिक उत्सव कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमका साथै स्थापनाकाल देखि अहिले सम्म विद्यालयलाई योगदान पु¥याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ विद्यालयका प्रध्यानाध्यापक नवराज धितालले बताउनुभयो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति केशव पौडेल, नेपाली काँग्रेसका जिल्ला कोषध्यक्ष बाबुकृष्ण सापकोटाको विशेष आतित्थ्यता तथा विभिन्न सँघ सँस्थाका प्रतिनिधीको आतित्थ्यता रहेको थियो ।