जुनियर रेडक्रस दिवसमा खाल्टेमा अन्तरक्रिया सम्पन्न

1072 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12794457_10207414801761471_226886638104884118_nखाल्टे धादिङ- ५२ औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रस दिवसको अवसर पारी धादिङको खाल्टेमा गाविस स्तरीय जुनियर रेडक्रस सर्कलको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा धादिङ र उपशाखा खाल्टेको सहयोग तथा नेपाल जुनियर रेडक्रस सर्कल, पञ्चकन्या माध्यमिक विद्यालय खाल्टे ६ फ्याक्सेको आयोजनामा भएको सो कार्यक्रममा गाविस भित्रका ६ वटा माध्यमिक तथा निम्न माध्यमिक तहका विद्यालयका जुनियर रेडक्रस सर्कलका सदस्य तथा शिक्षक नायक गरी ४० जनाको उपस्थिति रहेको थियो ।

आयोजक सर्कलका अध्यक्ष नविन अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल जुनियर तथा युवा रेडक्रस समिति धादिङका जिल्ला संयोजक तथा जिल्ला शाखाका उपमन्त्री नेमबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा खाल्टे उपशाखाका सभापति रामप्रसाद ढुङ्गाना, आयोजक सर्कलका संरक्षक शम्भुशरण श्रेष्ठ, शिक्षक नायक नयन केसी लगायतको आतिथ्य रहेको थियो ।

अन्तरक्रियामा नेपाल रेडक्रस सोसाइटीको वार्षिक कार्यक्रम अन्तरगत आगामी वर्षको पहिलो दुइ महिनामा खाल्टेका सबै विद्यालयमा सदस्यता बिस्तार गर्ने, सर्कल गठन÷पुनर्गठन गरिसक्ने, प्रत्येक महिना सर्कलहरुले पालैपालो गाविस स्तरीय कार्यक्रम गर्ने, वार्षिक कार्य तालिका निर्माण गर्ने लगायतका बारेमा छलफल भएको थियो । यसका साथै जुनियर÷युवा रेडक्रसका बारेमा जानकारी गराइएको थियो । कार्यक्रमको नेपाल जुनियर तथा युवा रेडक्रस समिति धादिङका जिल्ला संयोजक तथा शाखाका उपमन्त्री नेमबहादुर श्रेष्ठ र जुनियर युवा रेडक्रसको राष्ट्रिय सम्मेलनमा सहभागी भएका शिक्षक नायक नयन केसीले सहजिकरण गर्नुभएको थियो ।