म्हेन्दोमाया कलाकार संघ नेपालको स्थापना

857 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lo
काठमाडौ–तामाङ गीत संगीतमा पश्चिमेली भाका म्हेन्दोमाया समुदायमा प्रचलित सांगीतिक माध्यम बनेको छ । यसैको सम्बद्र्धन गर्ने उद्धेश्यले म्हेन्दोमाया कलाकार संघ नेपाल को स्थापना भएको छ । यसैको सार्बजनिकिकरण गर्दै हिजो २२ गते शनिबार म्हेन्दोमाया सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । बालाजु स्थित दिपज्योति बिद्दालयको प्राङ्गनमा आयोजित सो कार्यक्रमको माननियद्वय धनबहादुर घले र परशुराम तामाङ ले छ्योमे बालेर उद्घाटन गर्नुभएको थियो । संस्थाको अध्यक्ष सागर एस् वाईबाको सभापतित्वमा सम्पन्न उक्त कार्यत्रम औपचारिक र अनौपचारिक सांगीतिक बिशेष गरी दूई चरनमा सम्पन्न भएको थियो । उपाध्यक्ष रोशन फ्युबा द्वारा स्वागत गरिएको सो सत्रमा अतिथीहरु क्रमश ः महादेवटार गुम्बा काठमाडौका प्रमुख नोर्बु लामा, नेपाल तामाङ घेदुङ नुवाकोटका अध्यक्ष जयमान वाईबा, संचारकर्मी अर्जुन बहादुर तामाङ, धादिङ नुवाकोट समाज यु.के का उपाध्यक्ष तुल बहादुर तामाङ, म्हेन्दोमाया परिबार दोहा कतारका श्याम मम्बा तामाङ र बिशेष अतिथिद्वयले गीत संगीत मानव सभ्यताको पहिलो भाषा हो । यसैले मानिसलाई सांस्कृतिक पाठ सिकाउने गरेको बताए । सोही क्रममा सम्पूर्ण तामाङहरुको आवाज तामाङ भ्वाइस् डट कमको पनि सार्वजनिक गरिएको थियो ।
नुवाकोट, धादिङ र रसुवाको बिशेषत तादी खोला पारी गाउँहरुमा मानव सभ्यता संगै बिकसित भएको घोडचढी नाच , बंदेल नाच, लामा नाच, झाँक्री नाच सहितको झाँकी र्याली बालाजुको माछापोखरी चोक देखि नयाँ बसपार्क हुदै कार्यक्रम स्थल दिपज्योति प्राङ्गणमा पुगेको थियो ।
संस्थाका महासचिब राम गोम्जा र बनु लोप्चन द्वारा संचालित उक्त कार्यक्रम मा म्हेन्दोमायाका संरक्षक पूर्ण पाख्रिन, गायक सागर एस वाईबा, गायक रोशन फ्युबा, गायिका मिना लामा , गायिका मनमाया वाईबा, गायक आरम्भ तामाङ, गायक पुर्ण तामाङ , गायक राम गोम्जा, गायिका टिकामाया चोथेन, राज किङ वाईबा र जम्बुलिङ फिल्मस् समुहको नृत्य सहित तीन दर्जन कलाकारले बेजोड प्रस्तुति गरेका थिए ।