धादिङको प्रहरी प्रमुखमा एसपि शरदकुमार खत्री

655 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Police-650x453धादिङको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक (एसपि)शरदकुमार खत्री आउनु हुने भएको छ । डिएसपि प्रहरी प्रमुख रहेका विभिन्न जिल्लामा सरकारले एसपिको दरवन्दी कायम गरेपछि  धादिङ जिल्लामा प्रहरी प्रमुखमा एसपि लाई पठाएको हो । सह सचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएपछि प्रहरी प्रमुखमा पनि एसपिको दरवन्दी कायम गरेको हो । एसपि जिल्ला प्रहरीको प्रमुख हुने व्यवस्था भएपछि पहिलो पटक धादिङ आउन लाग्नु भएका खत्री महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरणमा कार्यरत हुनुहुन्थ्यो ।

खत्री संगै  नेपाल प्रहरीका १० जना एसपीहरुको सरुवा भएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालयले डीएसपी प्रहरी प्रमुख रहेका केही पहाडी जिल्लाहरुमा एसपी प्रमुख हुने गरी एसपीहरुको सरुवा गरेको हो ।

जसअनुसार ललितपुरका एसपी सुशिलकुमार यादवलाई इलाममा सरुवा गरिएको छ । त्यस्तै, धादिङमा सरदकुमार खत्री, नुवाकोटमा देवबहादुर बोहराको सरुवा भएको छ ।