कांग्रेस महामन्त्रीमा शशांक र काेषाध्यक्षमा सितादेवी निर्वाचित

407 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sasankak+sitadeviकाठमाडाैं । नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइराला र काेषाध्यक्षमा सितादेवी यादव निर्वाचित भएकी छन् ।

भरखरै सकिएकाे मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई पराजित गर्दै काेइराला विजयी भएका हुन् । काेईरालाले १ हजार ४ सय १७ मत प्राप्त गरे पनि उनका प्रतिद्वन्दी शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले १ हजार १७ मत ल्याए । त्यस्तै कृष्ण सिटौला प्यानलका गगन थापाले ५ सय ८४ मत ल्याए ।

त्यस्तै कोषाध्यक्षमा सितादेवीले चित्रलेखा यादवलार्इ ८ मतले पछि पार्दै निर्वाचित भएकी हुन् । सितादेवी रामचन्द्र पौडेल प्यानलबाट र चित्रलेखा शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका थिए । सितादेवीले १ हजार २ सय १७ र  चित्रलेखाले १ हजार २ सय ९ मत पाएका छन् । त्यस्तै कृष्ण सिटौला प्यानलका उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत पाए ।