अवैध बन्दुक सहित नलाङबाट ६ जना पक्राउ

561 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२७ फागुनः अबैध वन्दुक बोकेर हिडिरहेको अवस्थामा धादिङको नलाङबाट ६ जना पक्राउ परेका छन । तीन थान अबैध भरुवा बन्दुक सहित पक्राउ पर्नेमा धादिङको नलाङ–८ निवासी १९ वर्षिय झलकवहादुर घले, कुम्पुर–९ का १९ वर्षकै ठाकुर श्रेष्ठ, कुम्पुर–१ का आशिष घले,सीताराम घले, किशोर घले र निरवहादुर घले रहेको नलाङ प्रहरी चौकीले जनाएको छ ।
bandukपक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पक्राउ परेकाहरुले आंफुहरु शिकार खेल्नका लागि जंगल जांदै गरेको वताएपनि उनिहरुको वारेमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । केही समय यता धादिङका सार्वजनिक जंगलमा डढेलो लगाई त्यहाँका वन्यजन्तुलाई संकटमा पारेर शिकार खेल्नेक्रम बढ्दै गएको छ ।
प्रहरीले पटक पटक सार्वजनिक सूचना जारी गरी अबैध हतियार प्रशासन समक्ष बुझाउन अनुरोध गरेपनि अटेर गरी हतियार राख्नेहरुको खोजीलाई तिव्र पारी उनिहरुलाई कारवाहीको दायरामा ल्याउन जिल्ला प्रहरीले कुनै कसर बांकी नराख्ने धादिङका प्रहरी नायव उपरिक्षक सविन प्रधानले जानकारी दिनु भयो ।
यसै गरी धादिङको नौविसे बाट प्रतिवन्धित लागू पदार्थ चरेश १० किलो ४ सय ग्राम सहित एक व्यक्ति प्रक्राउ परेका छन । सोमवार सांझ चरेश वोकेर हिडिरहेको अवस्थामा धादिङ भुमेस्थान –८ का ३० बर्षिय सागर तामाङलाई नौविसेबाट प्रहरीले पक्राउ गरेको हो ।