भूकम्पको धक्का, केन्द्र धादिङ
642 पटक पढिएको

धादिङ३० फागुन । नेपालमा आइतबार विहान फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ११ बजे धादिङ केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।आईतबार अपरान्ह भुकम्पको धक्का आएपछि धादिङ जिल्ला सदरमुकाम धादिङबेसीका सरकारी बिद्यालयहरु विदा दिईएको छ ।
भूकम्प धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ ।
नेपालमा गएको गोरखा भूकम्पपछि ४ सय भन्दा बढी परकम्पन गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।