हिमालयन रिभरले ल्यायो त्रिशूली नदीमा र्‍याफ्टिङसँगै होलीको प्याकेज

694 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rafting-in-trisuliधादिङ । फागु पूर्णीमाको अवसरमा धादिङ जिल्ला स्थित त्रिशुली नदिमा र्‍याफ्टिङको मज्जा लिन पाइने भएको छ ।
त्रिशूली नदीको किनारमा रहेको हिमालयन रिभर फन बिच रिसोर्टले यस वर्ष फागु विशेष र्‍याफ्टिङ कार्यक्रमको आयोजना गरेको छ ।

फागु पूर्णीमाकै दिन चैत ९ गते त्रिशूली नदीमा र्‍याफ्टिङ गरि रिसोर्टमा पुगि फागु खेल्नेरखेलाउने प्याकेज रिसोर्टले बनाएको छ । जस अन्तर्गत निश्चित शुल्क तिरेपछि आउन, जान, खान, बस्न, र्‍याफ्टिङ गर्न र डिजेसँग रमाउन पाउने प्याकेज बनाएको रिसोर्टका सञ्चालक शंकर अधिकारीले बताए ।

सोही दिन फर्कनेगरि र एक रात बस्ने गरि दुई थरिको प्याकेज बनाएको जानकारी उनले गराए । प्याकेज खरिद गर्नेले डिजे म्यूजिक पुल बिच पार्टी, र्‍याफ्टिङसहित आउनेजाने सुविधा पाउने उनले बताए ।