विद्यालय भवन भत्किँदा तीन विदेशीसहित पाँच घाइते
768 पटक पढिएको


गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पुरै क्षतिग्रस्त भएको विद्यालयको नयाँ बनाउँदै गरेको भवन भत्किएको हो ।
विद्यालयको उक्त भवन अष्ट्रेलियाको एक सहयोगी संस्थामार्फत अष्ट्रेलियन नागरिकहरु आँफैले डिजाइन गरि बनाउँदै गरेको भवन भत्किएको फुलखर्कका स्थानिय विनोद थापाले जानकारी दिए ।
गत चैत्र ४ गतेमात्र ढलान गरिएको भवनको खापा निकाल्ने क्रममा भवन भत्किएको हो । ‘गत चैत ४ गते मात्रै ढलान गरिएको भवनको खापा निकाल्ने क्रममा दुर्घटना भएको हो’, स्थानीय सुनबहादुर गुरुङले अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै भने, ‘भवनको ढलान सेट भइनसक्दै एकैपटक सबै खापा निकाल्दा ढलान भत्किएर दुर्घटना भएको हो ।’
भवन भत्किँदा घाइते हुनेहरुमा मुलपानी गाविस–५ का कृष्ण बहादुर अधिकारी र मुलपानी–२ का हरिबहादुर थापा रहेका छन् ।
घाइते हुनेहरुमा अष्ट्रेलियन नागरिकहरु अल मियर, जोनी हेडल र पर लिभे रहेको फूलखर्क प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।
घाइते भएकालाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको छ ।