असिनापानीले उत्तरी धादिङको गाउं बस्तिमा करोडौंको क्षती

1265 पटक पढिएको

१६ चैत्र २०७२, मंगलवार ०३:३९ सम्पादक: धादिङ न्यूज

आईतबार सांझपख एकै छिन आएको असिना पानीले उत्तरी धादिङको दार्खा,झार्लाङ, सत्यदेवी,रिगाउं,सेर्तुङ, तिप्लिङ लगायतका विकटका वस्तिमा भर्खरै टुसा पलाएको मकै बालीका साथै तरकारी बाली ,आरु, आरुपखडा, नास्पाती,सुन्तला लगायतका फुल खेल्दै गरेका र चिचिला हालिसकेका फलफुल संगै नयाँ पात पलाईरहेको घांसपात, वोट विरुवा समेत  पुरै  नष्ट छन् ।

 12910627_10208199948773042_872060836_nदार्खाका स्थानीयबासी तेजवहादुर तामाङका अनुसार उत्तरी धादिङका गाउंवस्तिमा असिनापानीले एक करोड बढीको क्षति भएको छ। ‘तरकारी , फलफूल र बाली मकै शत्प्रतिशत नष्ट भएका छन् घांस, बोट विरुवामा समेत क्षति पुगेको छ,’ उनले भने ।

 असिनाले उत्तरी धादिङका  किसानहरु मारमा परेका छन् । ६ इन्चसम्म परेको असिना पाँच घण्टासम्म जमेको थियो । गत बैशाख १२ र २९ गते र त्यो भन्दा अन्य समयमा पनि गएको प्रलयकारी भुकम्पले घरवार विहिन हुन पुगेर त्रिपाल र अस्थायी टहरोमा बसिरहेका पनि बिचल्ली वनाएको स्थानीयले वताएका छन । बस्तिनै संकटमा पार्ने गरी आएको असिना पानीले मानिसहरुको बिचल्ली पारिदिएको छ ।

-दार्खा गाविसको बृचेतमा सोमवार विहान सम्म जमेको असिना
तस्बिर : गोपाल फ्युवा /दार्खा 12910236_10208200167698515_484657713_n