मुलुकको धेरै भागमा वर्षा

505 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चैत्र १८, २०७२- मध्य र पूर्वी भागको उच्च वायुमण्डलमा न्यूनचापीय मौसमी प्रणाली बसेका कारण बिहीबार राजधानीसहित धेरै भागमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले केही दिनदेखिको वर्षालाई प्रि-मनसुन भनेका छन् ।

imagesमौसमी प्रणालीका कारण राजधानीसहित पूर्वी र मध्य क्षेत्रमा बिहीबार राति पनि पानी पर्ने प्रवल सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । महाशाखाले बिहीबारै विशेष बुलेटिन निकालेर ‘पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जन र असिनासहितको वर्षा हुन सक्ने’ उल्लेख गरेको छ । श्रेष्ठका अनुसार बिहीबार मध्यपश्चिम र सूदूरपश्चिमको वायुमण्डल भने सफा रहेको मौसमविद् श्रेष्ठले बताए ।

सामान्यतः मार्च, अप्रिल र मे प्रि-मनसुन हुने महिना हुन् । शुक्रबारदेखि फेरि पानी पार्ने अर्को नयाँ प्रणाली विकसित हुने मौसमविदको अनुमान छ । ‘स्थानीय वायुको प्रभावले जलवाष्पयुक्त वायु बन्नेछ र बदली भई वर्षा हुनेछ,’ श्रेष्ठले भने ।

काठमाडौं विश्वविद्यालय (केयू) मा मौसम विज्ञानका अध्यापकसमेत रहेका वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले छिटो पि्र-मनसुनको गतिविधि देखिनु राम्रो मनसुनको संकेत भएको टिप्पणी गरे । ‘लामो समयसम्म सुक्खा मात्र भयो भने क्युमलोनिम्बस भन्ने बादल बन्दैन’, शाक्यले  भने, ‘गडयाङगुडुङ पनि हुँदैन, असिना पनि पर्दैन पानी पनि पर्दैन ।-‘कान्तिपुर