आज ‘अप्रिल फूल’ झुक्याउला नि कसैले…

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (2)आज अंगे्रजी पात्रोको अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल १ तारीख । आज विश्वका विभिन्न देशहरुमा यस दिनलाई मुर्ख दिवसको रुपमा मनाउने गरिन्छ । मानिसले मानिसलाई मुर्ख बनाउने झुक्याउने दिनको रुपमा परिचत अप्रिल फस्र्ट मनाउने तरिका भिन्न भिन्न देशमा भिन्न तरिका र समय छन् ।
नेपालमा यसले त्यति धेरै अधिपत्य जमाई सकेको छैन जति भेलेन्टाइन डे को प्रभाव बढेको छ । नेपालमा गलत जानकारी दिएर साथीभाईलाई झुक्याउने दुखदिने प्रचलन भने बढदै भएको छ । आजको दिन जोक भन्ने साथी, परिवार सदस्य, शिक्षक, छिमेकी र अफिसका स्टाफहरुलाई झुक्याउने चलन छ । खासगरी युवाहरुमा अफ्रिल फूलको प्रभाव रहेको देखिन्छ । आज खाना आउनुस भनेर निम्ता गर्ने, फलानाले बोलाएको छ तुरुन्त गैहाल्नुस भनेर ढाँट्ने, नभएका घटना बताएर दिक्दारीमा पार्ने आदि कृयाकलाप आजको दिन गरिने भएकाले सतर्क रहन जरुरी छ ।

बर्षौं पहिले पश्चिमी मुलुकका केहि मानिसले यस दिनलाई मुर्ख बनाउने दिन घोषित गरेका थिए । पछि गएर यो प्रचलन विश्वभर प्रशिद्ध भयो । केहि मानिस आजको दिनमा अरु भन्दा आफुलाई बुद्धिमान देखाउने सोँचमा रहन्छन तर अरुको दिलमा ठेँस पुराउन कुनैपनि राम्रो हुदैन अप्रिल फुल पनि ।
ब्रिटेन, न्यूजिल्याण्ड, अस्टेलिया र दक्षिण अफ्रिकामा आजको दिन केवल अपरान्ह सम्ममात्र हँसिमजाक गरिन्छ । यदि कोहि कसैले अपरान्हपछि ठट्यौली गरे भने त्यस्लाई अप्रिल फूल भनिन्छ । तर फ्रान्स, आयरल्याण्ड, इटली, दक्षिण कोरिया, जापान, रुस, जर्मन आदि देशहरुमा भने अप्रिल फूल दिन भरी नै मनाईन्छ ।