लुगा धुन गएकी महिला नदीमा बेपत्ता
622 पटक पढिएको

धादिङ, २१ चैत । लुगा धुन गएकी एक महिला दक्षिणी धादिङको पीडा गाविस–१ बन्सेटार नजिकै रहेको त्रिशूली नदीमा डुबेर आज बेपत्ता भएकी छिन् ।
त्रिशूली नदीमा कपडा धुन गएकी पीडा गाविस निवासी २० वर्षीया सविना तामाङ नदीमा परेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
लुगा धुन गएकी सविना घर नफर्केपछि उनका श्रीमान् सुवास तामाङले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गजुरी, धादिङको टोली घटनास्थलमा गएको थियो । बगाएको ठाउँमा नदी गहिरो भएका कारण फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक डासु गिरीले जानकारी दिनुभयो ।