सन्तोषको दिलमा घाऊ
1008 पटक पढिएको

यूवा गायक सन्तोष अधिकारी दिलमा घाऊ लिएर दर्शक माझ आएका छन । पछिल्लो एल्बम “रोदन” मा समेटिएको उक्त गीतको म्युजिक भिडियो उनले हालै सार्बजनिक गरेका हुन ।
आफ्नै शब्द, संगीत र स्वरमा सजिएको दिलमा घाऊको भिडियोमा नीता ढुङ्गाना, कमल र साजन को अभिनय रहेको छ भने निर्देशन कजिश श्रेष्ठ र बबिता पुरीले गरेका छन् ।
धादिङ नलाङमा जन्मेका यूवा गायक सन्तोष अधिकारीले पहिलो एल्बमको रुपमा “मज्जा छुट्टै” पस्किसकेका छन भने “रोदन” उनको दोश्रो एल्बम हो । हाल पोर्चुगलमा रहेका अधिकारी आफु जहाँ रहे पनी नेपाली आधुनिक सुगम संगीतबाट श्रोता दर्शका माझ आइरहने बताए ।