भूकम्पबाट प्रभावित १० जिल्लामा विज्ञ सदस्य परिचालन- धादिङमा ध्रुव शर्मा

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी बनाउनभन्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित १० जिल्लामा विज्ञ सदस्य खटाएको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार नुवाकोट र धादिङमा ध्रुव शर्मा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा चन्द्रबहादुर श्रेष्ठ, गोरखा र मकवानपुरमा हरिराम पराजुली र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विष्णुप्रसाद भण्डारीलाई  परिचालन गरिएको छ । निजी आवास पुनःनिर्माण थप प्रभावकारी बनाउन, जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँग समन्वय र अन्तक्र्रिया गर्न विज्ञ सदस्य खटाइएको प्रवक्ता थपलियाले  बताउनुभयो । प्राधिकरणले बिभिन्न आठ जिल्लाका एक÷एक गाविसमा अनुदान पाउने पीडितको सूची हिजो सार्वजनिक गरेको थियो ।