गाडीको झ्यालबाट टाउको निकाल्दा सल्यानटारकी नानुमायाँ परियारको गयो ज्यान

497 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12592513_574118562764918_5366185375537718027_n चितवनको दारेचोकमा गाडीको झ्यालबाट टाउको निकाल्दा एक महिलाको  ज्यान गएको छ ।

मंगलबार धादिङको सदरमुकाम धादिङबेसीबाट पोखराका लागि छुटेको ग१ख ६१८५ नम्बरको बसमा सवार एक यात्रुको झ्यालबाट टाउको निकालेका बेला ना४ख ४१४३ नंको ट्याङ्करले ठक्कर दिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनको दारेचोक–९ फिस्लिङमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा धादिङ सल्यानटारकी २३ वर्षीया नानुमायाँ परियार रहेको प्रहरीले जनाएको छ ।
झ्यालबाट टाउको निकालेका बेला ट्याङ्करले ठक्कर दिएर गम्भीर भएकी उनको उपचारका क्रममा मंगलबार दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।