रक्त क्यान्सर पिडितद्वारा जीवन रक्षाका लागी याचना

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

         image

           जिल्लाको विकट उत्तरी क्षेत्र सत्यदेवी-४ मऊरका बिरान तामाङ आफ्नो जीवन रक्षाका लागी यती खेर हारगुहार गरिरहेका छन । तामाङले रक्त क्यान्सर जस्तो प्राणघातक रोगको उपचारका लागी सहयोग मागेका हुन ।

           २३ वर्षिय तामाङ रक्त क्यान्सरका कारण विगत ३ महिना देखी सिभिल अस्पताल नयाँ बानेश्वरको शैय्यामा छट्पटिरहेका छन । अस्पतालले थप उपचारका लागी भारतको नयाँ दिल्ली लैजानु पर्ने सल्लाह दिए पनी आर्थीक अवस्था कम्जोर भएकै कारण जान नसकेको उनले बताए ।

             यसै बिच म्हेन्दोमाया कलाकार संघ नेपालद्वारा बिरान तामाङ बचाउ अभियान नाम दिएर गत चैत्र १३ गते धादिङबेंशीमा र चैत्र २० गते त्रीशुली नुवाकोटमा साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रमबाट उठाइएको नगद २ लाख १२ हजार रुपैया क्यान्सर पिडित बिरानलाई हस्तान्तरण गरिएको कलाकार संघका अध्यक्ष म्हेन्दोमाया गायक सागर एस. वाइबाले धादिङन्युजलाई जानकारी दिनु भयो ।

               अझै धेरै रकम जम्मा गर्नु पर्ने र समय पनी थोरै भएकोले उपचारमा सङ्कट आएको तामाङकी पत्नीले दुखेसो पोखिन् । काखमा २ वर्षको छोरो सुम्सुम्याउदै गहभरी आँशु पार्दै छोराको भविष्यकै लागी भए पनी आफ्नो पतिलाई बचाइदिन देश-बिदेशमा रहेका सबै नेपाली दाजु-भाइ, दिदी-बहिनीलाई आग्रह गरिन् । उपचारका लागी झण्डै ३० लाख रुपैया लाग्ने बताइएको छ ।
सहयोगको लागी:
Biraan Tamang
A/c number
47100 1750 3930
Nabil bank