उत्पादनोपरान्त क्षति व्यवस्थापन सम्बन्धि तालिम

1484 पटक पढिएको

२४ चैत्र २०७२, बुधबार १४:५७ सम्पादक: धादिङ न्यूज

जिवनपुर/ धादिङको जिवनपुर गाउँ विकास समितिको भूकम्प प्रभावित किसानहरुलाई जिवनपुर गाविसको कार्यालयमा उत्पादनोपरान्त क्षति व्यवस्थापन (Post Harvest handling of Crops) सम्बिन्धि तालिम स्मपन्न भएको छ ।
for newsएक्सन नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित भूकम्प प्रतिकार्य परियोजना (जीविकोपार्जन) कार्यक्रम अन्तर्गत संचालन भईरहेको विभिन्न क्रियाकलाप अन्तर्गत भूकम्प प्रभावित किसानहरुलाई उत्पादनोपरान्त क्षति व्यवस्थापन सम्बिन्धि तालिम दिइएको हो ।
तालिममा सुरक्षित बीउ तथा खाद्यान्न संचयमा पोष्ट हार्भेष्ट क्षति व्यवस्थापन, पोष्ट हार्भेष्ट प्रविधि, पोष्ट हार्भेष्ट क्षति, यसको असर, बजारयोग्य गुणस्तरिय खाद्य वस्तुको उत्पादन, सुरक्षित अनाज तथा अनाज विऊ प्रविधि, बालि काट्दा/चुट्दा/ओसार्दा ध्यान दिनुपर्ने कुराहरु, रोग किराको नियन्त्रण, सवधानी, अनाज भण्डारण गर्नु अघि र पछि ध्यान दिनुपर्ने कुराहरु, अनाजमा किराको नियन्त्रणका लागि जडिबुटीको प्रयोग, संचित अनाज तथा बिउमा लाग्ने किराहरु र क्षतिको प्रकार यसको रोकथाम गर्न सक्ने उपायहरु विषादीको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानिहरु, खाद्य भण्डारणका स्थानियस्तरमा प्रचलित विधिहरु आदिको बारेमा विस्तृत रुपमा जानकारी गराएको थियो ।
यसका साथै धान, गहुँ, मकै, प्याज, आलु, गोलभेडा आदि बालिहरुको उत्पादनोपरान्त क्षति व्यवस्थापनका प्रविधिहरुको बारेमा सहजकर्ता केदार नेपालले विस्तृत रुपमा सहजिकरण गरिएको थियो । यसैगरि फलफूलमा पोष्ट हार्भेष्ट प्रविधिको भूमिका र अपनाउनुपर्ने विभिन्न उपायहरुको बारेमा विस्तृत रुपमा चर्चा गरिएको थियो । साथै श्रेणीकरण, भण्डारण (सोलार, स्टोर, सित भण्डारण) बन्दिकरण र ढुवानीसम्बन्धि सहजिकरण गर्नुभएको परियोजना अधिकृत मुफिद आलमले जानकारी गराउनुभयो ।