राजनीतिक दबाब र आडमा काम गर्न नहुने-प्रमुख जिल्ला अधिकारी बिश्वप्रकास सुवेदी

465 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङका सरकारी कार्यालका प्रमुखहरुले राजनीतिक दबाब र आडमा काम गर्न नहुने प्रमुख जिल्ला अधिकारी बिश्व प्रकास सुवेदीले बताउनु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङको आयोजना र पिई.एफए सचिवालय अनामनगरको वित्तिय सहयोगमा धादिङबेसीमा आयोजना गरिएको सार्वजनिक खर्चको प्रभावकारिता बढाउन पारदर्शिता र जवाफदेहिताको महत्व सम्बन्धी १ दिने गोष्ठी कार्यक्रममा सुवेदीले सो कुरा बताउनु भएको हो । धादिङका सरकारी कार्यालयहरुमा सेवा लिन आउने सेवागा्रहीहरु प्रति अनुसाशित र इमान्दारी पुर्वक सेवा दिनु पर्ने बताउनु भएको छ ।

पछिल्लो समयमा धादिङका सरकारी कार्यालयहरुमा सरकारी वित्तिय संचालनमा सरलता र जवाफदेहिताका साथ कामहरु अगाडि बढेको सहकारी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालय धादिङका प्रमुख दिलिप भण्डारीले बताउनु भएको छ । यसै गरी विकासका लागि नीति र योजना बित्तिय बिकास पक्ष बीच समन्वय भई गरिबी निवारणमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । राजनीतिक अस्थिरता, भुकम्प र नाकाबन्दीले वित्तिय स्रोतको परिचालन र नतिजामा चुनौति थपिएको भण्डारीले बताउनु भयो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङका प्रमुख योज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महालेखा नियन्त्रक काठमाण्डौका सचिव भोला प्रसाद खकुरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदी, स्थानिय बिकास अधिकारी भगवत अर्याल र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरद कुमार खत्रीको विशेष आत्थ्यिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले सुशासन कायम गर्न पारदर्शिता र जवाफदेहिताको महत्व, कोष तथा नियन्त्रक कार्यालय धादिङका प्रमुख यत्र प्रसाद ढकालले सार्वजनिक खर्च तथा बित्तिय उत्तरदायित्व बारेमा जानकारी गराउनु भएको थियो । यसै गरी सहकारी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालयका धादिङका प्रमुख दिलिप भण्डारीले सरकारी खरिदार कानुन र यसको प्रयोग र उप महालेखा नियन्त्रकका नेत्र सुवेदीले आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परीक्षण बोरमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।