नलाङमा सुरक्षित आप्रवासन(सामी) कार्यक्रमको अनुगमन

514 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Untitled-1 copyधादिङ– सुरक्षित आप्रवासन(सामी) परियोजनाको प्रभावकारीताका बिषयमा धादिङको नलाङमा अनुगमन गरिएको छ । स्थानीय विकास अधिकारीको अध्यक्षतामा गठन भएको जिल्ला परियोजना समन्वय समिति र जिल्लाका केही पत्रकार सम्मिलित  टोली द्धारा सुरक्षित आप्रवासन(सामी) परियोजना अन्तर्गत भएका गतिविधि र स्थानीय स्तरमा वैदेशिक रोजगारको अवस्थाका बिषयमा नलाङ गाविस मा अवलोकन गरीएको हो ।
अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तोरण पराजुली,जिल्ला विकास समिति धादिङका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्याल,जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी  निरीक्षक हरी पौडेल,जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी रमा अर्याल पन्थी,महिला तथा बालवालिका कार्यालयका वाल संरक्षण निरिक्षक केशव सुवेदी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालका धादिङ जिल्ला परियोजना संयोजक कमलवहादुर रोकाय,सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीका साथै जिल्लाका केही पत्रकारहरुको सहभागिता रहेको थियो ।
टोलीले नलाङ गाविसमा सामी परियोजना अन्र्तगत नलाङ गाविसमा गरीएको कार्यहरुको विषयमा परियोजना संयोजक गंगा सुवेदी ले जानकारी गराउनु भएको थियो । कार्यक्रममा विदेश जाने तयारीमा रहेका युवाहरु,वैदेशिक रोजगार वाट फर्किएर आएका व्यक्तिहरु, विदेशमा रहेका व्यक्तिहरुको परीवार,समस्यामा परेका व्यक्तिहरु र सुरक्षित आप्रवासन(सामी) ले न्याय र सिप तालिमको लागी सहयोग गरीएका व्यक्तिहरु समेतको सहभागीता रहेको थियो ।
कार्यक्रममा विदेशमा वेखवर,पासपोर्टको समस्या,विदेश वाट आउने क्षतिपुर्ती लिनका लागी झन्झट वेहोर्नुपरेको,भनेझै काम र तलव नभई समस्यामा परेको,ठगी यी समस्याहरुका वारेमा छलफल गरिएको थियो । यस्ता समस्यामा परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने सहयोग गर्नका लागी तत्पर रहेको र जिल्ला प्रशासन कार्यालय परिसर भित्र १५ नम्वरको कोठा सुचना तथा परामर्श केन्द्र ले दिनहु विदेश जानेहरुका लागी सुचना दिईरहेको वारेमा पनि वताईएको थियो ।
सुचना साथै वैदेशिक रोजगार सम्वन्धि विषयमा जानकारी दिंदै जिल्लामा सामी कार्यक्रमले उल्लेखनिय कार्य गरीरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तोरण पराजुलीले वताउनु भयो ।