लालपुर्जा नभएका भूकम्पपीडितलाई पनि अनुदान दिने
685 पटक पढिएको


हाल अनुदान वितरण गरिएको ठाउँको अनुभव लालपुर्जा नभएकै कारण धेरै भूकम्पपीडित अनुदान पाउनबाट वञ्चित रहेकाले उनीहरुलाई वैकल्पिक व्यवस्था गरी अनुदान उपलब्ध गराउने तयारी भएको हो ।
हाल निजी घर आवास अनुदान वितरण कार्यविधि २०७२ अनुसार लालपुर्जा नभएका पीडितले घर पुनर्निर्माण अनुदान पाउँदैनन् ।
सरकारले अनुदानअन्तर्गत तीन वटा किस्तामा २ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।