धादिङ–पोखरा सम्पर्क मञ्चले प्रकाशन गरेको क्यालेण्डर विमोचन

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12966840_1125714164147877_1680418182_nपोखरा २७ चैत्र ।नयाँवर्ष २०७३ को अवसर पारि धादिङ–पोखरा सम्पर्क मञ्चले प्रकाशन गरेको क्यालेण्डर विमोचन गरिएको छ । सम्पर्क मञ्च पोखरामा रहेका एमाले निकट धादिवासीहरुको साझा संस्था हो । क्यालेण्डर विमोचन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव एवं युवा संघ नेपालका सचिवालय सदस्य रमेश आचार्यले गरेका थिए।  कार्यक्रममा बोल्दै उनले नयाँ संविधान निर्माणमा एमालेको भूमिका महत्वपूर्ण भएको बताए । अबको समय संविधान कार्यान्वयन को भएकाले त्यसैमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिंदै उनले सबै नेता र कार्यकर्ता एकजुट बनाएर एमालेलाई मुलुककै पहिलो पार्टी बनाउनुपर्ने खाँचो औंल्याए । राजनीतिक एवं सामाजिक गतिविधिमा एकजुट भएर अघि बढ्न धादिङवासीहरुलाई उनले आग्रह गरे । मञ्चका अध्यक्ष वेनी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, कार्यक्रम संयोजक नवराज सापकोटा, नेकपा एमाले क्षेत्र नं. २ इलाका कमिटी अध्यक्ष वीरबहादुर थापा, एमाले इकाइ कमिटी पोखरा–९ का अध्यक्ष प्रकाश शर्मा, मञ्चका सचिव गोकर्ण अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
उक्त अवसरमा क्यालेण्डर तयार गर्दाको अनुभव राख्दै कार्यक्रम संयोजक नवराज सापकोटाले क्यालेण्डर प्रकाशनका क्रममा सहयोग गर्ने महानुभाव एवं विज्ञापनदाताहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरे ।