धादिङ–पोखरा नलाङ इकाइ समितिको तेस्रो अधिवेशन

490 पटक पढिएको

सम्पादक: Dhading News

12966242_1125714457481181_1891351018_nहरि पन्त

पोखरा २७ चैत्र ।धादिङ–पोखरा सम्पर्क समितिका पदाधिकारी, सदस्यका साथै सल्लाहकार तथा विभिन्न गाविस इकाइका पदाधिकारीबीच एकाइ गठन र भूमिका बारे बहस भएको छ । धादिङ–पोखरा नलाङ इकाइ समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनको उद्घाटन सत्रमा पनि यो बहसले प्राथमिकता पायो । कार्यक्रममा बोल्ने विभिन्न गाविस इकाइका अध्यक्षहरुले धादिङ–पोखरा सम्पर्क समितिका लागि इकाइ समितिहरु अति आवश्यक भएको, समितिको विधानमा समेत स्पष्ट व्यवस्था गरिएको भएपनि इकाइ गठनमा समितिले वेवास्ता गरेको गुनासो गरेका थिए । उनीहरुले सबै धादिङवासीलाई एकै ठाउँमा ल्याउनका लागि पनि इकाइहरु आवश्यक रहेकाले मूल समितिले इकाइ गठनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन एवं नलाङ इकाइद्वारा प्रकाशित क्यालेण्डर विमोचन गर्दै धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्क सारु मगरले यसअघि जे जस्तो भएपनि अबका दिनमा इकाइ गठनमा सहयोगी भूमिका निर्वाह गर्ने र सबै इकाइहरुलाई एकैसूत्रमा आवद्ध गराइ अघि बढ्न तयार रहेको बताए । कानूनी ढङ्गले समितिमा संस्थागत सदस्यता लिन आउने सबै गाविस इकाइहरुलाई समितिले सक्दो सहयोग गर्नै भन्दै उनले एकाइ समितिहरुलाई एकीकृत गरि समितिको गतिविधिमा सक्रिय बनाउन आफू र समिति तयार रहेको स्पष्ट पारे ।
धादिङ–पोखरा सम्पर्क समितिका निवर्तमान अध्यक्ष बलराम खतिवडाले आफ्नो कार्यकाल देखिनै गाविस इकाइ समितिहरुलाई आधिकारिक संस्थागत सदस्यता प्रदान गर्न थालेकोले इकाइहरुको विपक्षमा आफू कहिल्यै नभएको स्पष्ट पारे । उनले भने–‘समितिको नीति र निर्देशन बमोजिम गठन एवं संचालन हुने इकाइहरुलाई समितिले सदैव सहयोग र सहकार्य गर्नुपर्छ।’ समितिका सल्लाहकार परिषद सदस्य वेनी पाठकले समितिको मातहतमा रहने गाविस इकाइहरु जति संगठित हुन्छन् त्यतिनै समिति बलियो हुने स्पष्ट पार्दैै इकाइ गठनमा समितिले विशेष अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।
नलाङ इकाइ समितिका अध्यक्ष मेघबहादुर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समितिका पूर्व अध्यक्ष हरि अर्याल, वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, आगिन्चोक इकाइ समितिका अध्यक्ष हरि पन्त, ढोला इकाइ समितिका अध्यक्ष अर्जुन भट्ट, नलाङ इकाइ समितिका उपाध्यक्ष दीपक गिरि, निवर्तमान अध्यक्ष रामबहादुर अर्याल, सल्लाहकार गोकर्ण अधिकारी, सचिव शुम्भ अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।