धादिङ–पोखरा नलाङ इकाइ समितिको अध्यक्षमा शम्भु अधिकारी

561 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12957515_1125696790816281_3257031850754416431_oधादिङ–पोखरा नलाङ इकाइ समितिको शनिबार सम्पन्न पाचौं साधारणसभा तथा तेस्रो अधिवेशनले शम्भु अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित अधिकारी धादिङ–पोखरा सम्पर्क समितिका सह–सचिव समेत हुन् । उनी नलाङ इकाइका  निवर्तमान सचिव समेत हुन् । उनी पोखरामा फलफूल व्यवसायमा आवद्ध छन् । समितिको उपाध्यक्षमा रामप्रसाद दुवाडी, सचिवमा सरस्वती श्रेष्ठ, सह–सचिवमा टीकाराम अधिकारी एवं कोषाध्यक्षमा गंगा पौडेल निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा भेषराज अधिकारी, विक्रम पण्डित, जितप्रसाद भट्ट, लक्ष्मण रिमाल, कृष्ण श्रेष्ठ, कल्पना थपलिया, सूर्यमान वाणा, रीता अधिकारी, गणेश गिरि र कृष्ण श्रेष्ठ रहेका छन् । समितिको सल्लाहकारहरुमा रामबहादुर अर्याल, गोकर्ण अधिकारी, कृष्णमणि भट्ट, भागवत गिरी, दामोदर अधिकारी, देवीप्रसाद सिलवाल र राजेन्द्र लोहनी रहेका छन् । निर्वाचन सम्पन्न गर्न इकाइका सल्लाहकार गोकर्ण अधिकारी संयोजक रहेको निर्वाचन समिति गठन गरिएको थियो । अध्यक्षमा निर्वाचित अधिकारीले सबै नलाङवासीलाई एकीकृत गरि मूल समिति धादिङ–पोखरा सम्पर्क समितिसंग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको प्रतिवद्धता जनाए ।