धादिङ–पोखरा समन्वय समिति कास्कीको भेला, तेस्रो अधिवेशन एवं क्यालेण्डर विमोचन

650 पटक पढिएको

सम्पादक: Dhading News

12992201_1125756810810279_609365615_nपोखरा २७ चैत्र ।एकीकृत नेकपा माओवादी निकट धादिङ–पोखरा समन्वय समिति कास्कीको भेला, तेस्रो अधिवेशन एवं क्यालेण्डर विमोचन कार्यक्रम शनिबार सम्पन्न भयो । अधिवेशनले धादिङ आगिन्चोक–१ निवासी रेशमबहादुर सिंखडा (गोपाल) लाई अध्यक्षमा चयन गरेको छ । सिंखडा यसअघि पनि समितिको कार्यावाहक अध्यक्ष भएर काम गरेका थिए । उनी धादिङ–पोखरा सम्पर्क समितिका कार्यसमिति सदस्य, आगिन्चोक गाविस इकाइका सल्लाहकार एवं अखिल नेपाल मजदुर संघ कास्कीका अध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षमा यसअघिका सचिव ईश्वरकुमार श्रेष्ठ, सचिवमा कृष्ण प्रसाद धरेल, सह–सचिवमा चन्द्रमान शाक्य र कोषाध्यक्षमा गोकर्ण लम्साल रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा बलराम लम्साल, केदार अवस्थी, युगमराज अवस्थी, दिनेश लम्साल, शिव विसुन्के, कृष्ण श्रेष्ठ, हरि अधिकारी, कमल थपलिया, रामचन्द्र पाण्डे, विनोद रेग्मी, रामकृष्ण श्रेष्ठ रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन एवं क्यालेण्डर विमोचन गर्दै एमाओवादी कास्कीका नेता रामजी बराल जीवनले धादिङ–पोखरा समन्वय समिति पार्टीको एक भातृ संस्था भएकाले सबै प्रकारको सहयोग गरेर संगै अघि बढाउने प्रतिवद्धता जनाए । उनले समितिद्वारा प्रकाशित क्यालेण्डर एक इतिहास भएकाले यस्ता कार्यलाई सदैव निरन्तरता दिन आग्रह गरे । अर्को प्रसाङ्गमा उनले एमाओवादी पार्टी टुटफुटका कारण कमजोर जस्तो देखिएपनि आगामी दिनमा सशक्त भएर अघि बढ्ने दावी गरे ।
समितिका कार्यबाहक अध्यक्ष रेशम सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामकृष्ण दवाडी, हरि अर्याल, ट्रेड युनियन महासंघ कास्कीका अध्यक्ष गुणराज बाँस्तोला, समितिका सचिव ईश्वरकुमार श्रेष्ठ, सदस्य एवं क्यालेण्डर प्रकाशन समितिका संयोजक कृष्ण प्रसाद धरेल, सदस्य बलराम लम्साल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
समितिद्वारा प्रकाशित क्यालेण्डरमा युवराज खतिवडा, रमेश कोइराला, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा, बाबुकाजी तुलाधर, भिम रेग्मी, राजेन्द्र लोहनी, मोहन थापा मगर, युगमराज अवस्थी, रेशम सडौला, दिलबहादुर अधिकारी, रामकृष्ण श्रेष्ठ, निरज खतिवडा, राजन श्रेष्ठ, रननारायण श्रेष्ठ, सुमन श्रेष्ठ, रामहरि भट्ट, रामनाथ शाक्य, गणेश बसौला, नवराज पाण्डे, वद्री बसौला र केृशर श्रेष्ठको सहयोग रहेको छ ।