रेडियो राजमार्ग ९२.१ मेगाहर्जको मोबाईल एप्स सार्वजनिक

696 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 app-1-660x330 (1)

बैशाख १, धार्के । धादिङको नौबिसे १ धार्केमा बुधबार रेडियो राजमार्ग ९२.१ मेगाहर्जको मोबाईल एप्स सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर सामुदायिक सुचना नेटवर्क (सिआईएन) का व्यवस्थापक सोहम सुबेदीले मोबाईल एप्स सार्वजनिक गर्नुभएको हो ।
एन्ड्रोईड मोबाईल एप्स सार्वजनिक कार्यक्रममा सिआईएनका व्यवस्थापक सुबेदीले मोबाईल एप्स सार्वजनिक पछि रेडियो सुन्न र देश तथा विदेशको खबर आम श्रोता माझ पु¥याउन सहज भएको बताउनुभयो । देशभर करिब १० वटा सामुदायिक रेडियोको मात्र मोबाईल एप्स निर्माण भएको बताउनहुँुदै सुबेदीले रेडियोको कार्यसफलताको लागि २ सय ७५ सामुदायिक रेडियोको तर्फबाट शुभकामना दिनुभयो ।
उहाँले यस अघिको धार्केको सञ्चार र अहिलेको सञ्चारमा निकै प्रगती भएको बताउनुहुँदै एन्ड्रोईड मोबाईल एप्स निर्माण भएकोमा सफलताको लागि श्भकामना दिनुभयो ।
यसैगरी रेडियो राजमार्गका अध्यक्ष नारायण सुबेदीले सामुदायिक रुपान्तरणको लागि रेडियोले अझै शसक्त भुमिका खेल्ने बताउनु भयो । उहाँले नयाँ वर्षको शुभकामना दिनुहुँदै मोबाईल एप्स निमार्णको लागि सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभएको छ ।
यसैगरी कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर आशिष ठकुरीले रेडियोलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई नयाँ वर्षको शुभकामना दिनुहुँदै नयाँ वर्षमा सबैमा सकारात्मक सोचको विकास हुनु पर्ने बताउनु भयो । उहाँले श्रोताको सुझाव अनुसार रेडियोको समाचार तथा कार्यक्रमहरुलाई परिष्कृत र थप्दै लैजाने बताउनुभयो ।
एप्स निमार्ण गर्ने हाम्रो एण्ड राम्रो आईटी शोलुसनका सुजन थापाले प्रयोगकर्ताको प्रतिक्रिया अनुसार एप्स परिमार्जित गरिने बताउनु भयो ।
मोबाईल एप सार्वजनिक कार्यक्रममा रेडियो राजमार्ग ९२.१ मेगाहर्जका अध्यक्ष नारायण सुबेदी, उद्योग वाणिज्य सँघ धादिङका महासचिव ईश्वर प्रसाद कोईराला, भुवनेश्वरी माध्यमिक विद्याललयका प्रधानाध्यापक रामचन्द्र आचार्य, महाँकालेश्वरी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र आचार्य, लियो क्लबका पुर्व अध्यक्ष रघुनाथ पाठक, निड्स नेपालका अध्यक्ष अमृत राना क्षेत्री, राजमार्ग सामुदायिक सन्चार केन्द्रका पदाधिकारी, रेडियो राजमार्ग ९२.१ मेगाहर्जका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।