नमुना सहर जहां नेपाल टेलिकमको मोवाईल समेत चल्दैन

647 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadधादिङको बैरेनी गाविसको गल्छी र आसपासका क्षेत्रलाई समेटेर वनाउने भनिएको  नमुना सहरको प्रक्रिया सक्रिय रुपमा अघि बढ्न सकेको छैन । बेला बेलामा नमुना शहरको चर्चा चलाउने गरी केही कार्यक्रम छलफल, भेला गोष्ठि हुने गरेपनि देखिने गरी त्यस्थता केही कार्यक्रम भएका भने देखिंदैन ।

घोषणा गरिएको नमुना सहर कार्यान्वयनका लागि सरकारी निकायबाट प्रभावकारी पहल  नहुँदा प्रक्रिया सुस्ताउंदै गएको हो । नमुना सहरको घोषणासंगै दिनप्रतिदिन जग्गाको किनबेच भने निकै बढेको छ । बैरेनी गाविसको वडा नम्बर ७, ८ र ९ नम्बर र कल्लेरी गाविसको २ र ३ नम्बरमा पर्ने गाउँ बस्तिलाई प्रस्तावित नमुना शहरको रुपमा लिने भनिएपछि जग्गा खरिद गरी बसोबास गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेपनि  कार्यान्वयनमा ढिलाई हुदै गएकोले व्यापार व्यवसाय फस्टाउंनेमा आशंका उब्जिएको बताउंछन् ।

” व्यापार व्यवसाय सञ्चालन गर्ने उदेश्यले धमाधम बस्ति बिकास बढेपनि नमुना सहर कार्यान्वयनमा ढिलो हुदै गएको स्थानीयहरुको गुनासो छ ।  दैनिक लाखौंको कारोबार भइरहेको यहाँ नमुना सहर घोषणासंगै जग्गाको मुल्य समेत उच्च बिन्दुमा पुगेको छ । सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेट भाषणमार्फत देशको पाँच विकास क्षेत्रको १० स्थानमा नमुना सहर बनाउने घोषणा गरेको थियो ।विकासको गति देखाउन सडक निर्माण कार्य अघि बढेपनि अन्य पुर्वाधार निर्माण  भने खासै हुन सकेको छैन । नमुना शहरको योजना निर्माण गर्न विभिन्न व्यक्ति  र उनिहरु सम्वद्ध निकायले राम्रै संग आम्दानी गर्न सफल भएपनि प्रस्तावित नमुना शहरमा नेपाल टेलिकमको सेवा संगै खानेपानीको संकट पनि बढ्दै गईरहेको छ ।

राजधानी काठमाडौं लगायतका ठूला सहरमा बढ्दो मानवीय चाप कम गर्ने उद्देश्यले सरकारले निर्माणाधीन मध्यपहाडी लोकमार्गछेउको १० स्थानमा आधुनिक सहर बनाउने योजना अनुरुप धादिङको बैरेनी तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, तनहुँको डुमे, बागलुङको मुर्तबिाङ, रुकुमको चौजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन लगायतका क्षेत्रलाई नमुना सहर बनाउने घोषणा गरेको थियो ।