देश दर्शनको साधारण सभा सम्पन्न, गिरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

531 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12973166_990245504397694_2982843132591524180_oदेश दर्शनको तेस्रो बार्षिक साधारण सभाले बिदुर गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा श्रीवत्स बस्न्यात प्रथम उपाध्यक्ष, रुपा पाण्डे द्धितिय उपाध्यक्ष, राजिब खत्री महासचिव, हरिराम पौडेल सचिव, सन्तोष कुमार थापा कोषाध्यक्ष रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा निवर्तमान अध्यक्ष शम्भु सुस्केरा र श्रवण कुमार श्रेष्ठ हुनुहुन्छ । थप एक सदस्यको भने कार्यसमितिले मनोनित गर्ने निर्णय गरिएको छ ।
संस्थाका सल्लाहकारमा तरुण रञ्जन दत्त, सुनिल शर्मा, पुन्य प्रसाद भट्टराई, पुन्यराम गोथे र रोजु अधिकारी हुनुहुन्छ ।
देश दर्शनको संरक्षकमा वरिष्ठ साहित्यकार युवराज नयाँघरे हुनुहन्छ ।
भृकुटीमण्डप स्थित समाज कल्याण परिषद्को पार्कमा आयोजित साधारण सभामा युवराज नयाँघरे, शम्भु सुस्केरा, विदुर गिरि, उत्तम भट्टराई लगायतले आ–आफ्ना बिचार राख्नुभएको थियो ।
संस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई संरक्षक नयाँघरेले अबीर लगाई स्वागत गर्नुभएको थियो ।
पर्यटन, पदयात्रा, परिभ्रमणलाई मूल लक्ष्य बनाई गठन भएको यो संस्थाले हालैका दिनमा थुप्रै रचनात्मक कार्यहरु गरिसकेको छ । सरकारले घोषणा गरेको घुमफिर वर्ष -२०७३ लाइ लक्षित गरेर पर्यटन विशेषका अरु अर्थपूर्ण कार्यक्रमहरु तय गरिने महासचिव राजिव खत्रीले बताउनु भयो ।
संस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई संरक्षक नयाँघरेले खादा लगाई स्वागत गर्नुभएको थियो ।