पुर्खाको चिठी विमोचित

389 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Book Release-Purkhako Chittiबैशाख, ४ काठमाडौ ।  आख्यानकार गगनसिंह थापाको तेश्रो कृति पुर्खाको चिठी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाण्डौमा लोकार्पण गर्नु भयो । पुर्खाको चिठी नेपाल एकीकरण हुनु पर्ूवको ऐतिहासिक र राजनीतिक घटनाक्रमहरुको आख्यानी आलेख हो । पर्ुखाको चिठी लोकार्पण गर्दै सभापति देउवाले पर्ुखाको चिठीमा सुदूरपश्चिमाञ्चल क्षेत्रको तत्कालीन राजनैतिक, ऐतिहासिक र साँस्कृतिक सन्दर्भहरुलाई रोचक किसिमले प्रस्तुत गरेकोमा लेखक थापालाई बधाई दिनु भयो । सभापति देउवाले अहिलेको राजनीतिक घटनाक्रमका बारेमा बोल्नुहोला भनेर पत्रकारहरुको निकै भीड थियो । तर उहाँले साहित्यिक कार्यक्रम भएकोले होला  त्यस्ता विषयमा भने खासै बोल्नु भएन । विमोचित कृतिका समीक्षक प्रा. डा. कुमार कोइराललाले उतिवेलका नेपालका निमुखाहरुको आवज जीवन्त रुपमा बोलेको दावी गर्नु भयो । सभासद गगन थापाले कृतिले तत्कालीन नेपालको अलिखित इतिहास बोलेको बताउँदै इतिहास पढ्न अल्छि मान्नेहरुका लागि पुस्ततक निकै पठनीय भएको बताउनु भयो । आख्यानकार गगनसिंह थापाले अहिलेसम्मको इतिहास जित्नेहरुको मात्रै लेखिएकोले उति वेला श्रुती परम्परामा मात्रै सीमित रहेको हार्नेहरुको दुखद् इतिहास यो कृतिमा समेटेको बतउनु भयो । गजलकार ललिजन रावलले कृति र कृतिकारको बारेमा चर्चा गर्नु भएको थियो भने  कृति प्रकाशक कवि हिक्मत थापाले पितजीको लेखनीलाई निरन्तरता दिन पाएकोमा गौरवको अनुभूति भएको बताउनु भयो । लेखक तथा मानवअधिकारवादी  कृष्ण पहाडीले आख्यानकारले सुदूर पश्चिमाञ्चललको लुकेका पाटाहरुलाई उद्घाटन गरेको बताउनु भयो ।  कला र्साईट आवरण डट कमका कवि / कलाकार  रमेश पौडेलको सभापतित्वमा सम्पन्न लोकार्पण समारोहको सूत्रधारी कवि पत्रकार कृष्ण मल्लले गर्नु भएको थियो ।