खाल्टेका ५० जना किसानहरुलाई कृषि सामग्री वितरण

867 पटक पढिएको

सम्पादक: Dhading News

संगिता आले मगर/ धादिङबेसी- धादिङको खाल्टे गाउँ विकास समितिको भूकम्प प्रभावित किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ ।kisan3
एक्सन नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित भूकम्प प्रतिकार्य (जीविकोपार्जन) परियोजना कार्यक्रम अन्तर्गत संचालन भईरहेको विभिन्न क्रियाकलाप अन्तर्गत भूकम्प प्रभावित किसानहरुलाई कृृषि सामग्री वितरण गरिएको हो । यसपछि जिवनपुर, गुम्दी, सल्यानकोट र कटुञ्जेमा पनि भौचर वितरण पछि कृषि समग्री वितरण गर्ने कार्यक्रम रहेको परियोजना संयोजक मुफिद आलमले जानकारी दिनुभयो ।
कृषि सामग्रीहरुको सहयोगको लागि भौचर वितरण पछि नीलकण्ठ नगरपालिका वडा नं. ३, पुछार बजारस्थित किशन एग्रो भेटबाट खाल्टेका ५० जना लाभदायीे किसानहरुलाई प्रति कृषक रु.७००० हजार बराबरको विभिन्न कृषि सामग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रम एक्सन नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रताप शाह, कार्यक्रम व्यवस्थापक गणेश ढुंगाना, कार्यक्रम अध्रिकृत श्याम बजगाईं, परियोजना संयोजक मुफिद आलम र खाल्टे गाविसका सचिव बिर बहादुर दुवाडी संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।