फेसबुकमा ‘काँधमा थप जिम्मेवारी’ आतङ्क, दिक्क हुनुहुन्छ? यसो गर्नुस्

535 पटक पढिएको

सम्पादक: Dhading News

kaandhmaआज तपाईँले आफ्नो फेसबुक वालमा धेरै साथीको फोटो नेपाली अखबारमा छापिएको पेज देख्नुभयो होला। कोही त झुक्किनु पनि भयो होला। स्मार्ट हुनुहुन्छ भने थाहा पाइहाल्नुभयो होला, यो फेसबुक एपको काम हो भनेर। धेरैलाई रमाइलै भयो होला। तर अति भएपछि खति हुन्छ। फेसबुकको वालभरी खाली ‘काँधमा थप जिम्मेवारी’लेखिएका फोटो देखेपछि दिक्क पनि लाग्दो हो कतिलाई। त्यसो हो भने थप ‘काँधमा थप जिम्मेवारी’हेर्न नपर्ने उपाय तपाईँलाई बताउँदैछौँ।

खासमा यो के हो?
यो एउटा फेसबुक एप हो। यसले तपाईँको प्रोफाइल पिक्चरमा रहेको फोटो तानेर एपले बनाएको एउटा बनिबनाउ फरम्याट (यो केसमा नागरिक दैनिकको कभर पेज)मा अटोमेटिक फिट हुने बनाउँछ र सेयर गर्न लगाउँछ।

एपले तपाईँको फेसबुक प्रोफाइलबाट पब्लिक राखिएका जानकारीहरु स‍ंकलन गर्छ। एप बनाउनले आफ्नो वेबसाइटमा भिजिटरलाई रिडाइरेक्ट गर्ने हुनाले त्यसमा रहेका गुगल एडबाट पनि यसका निर्मातालाई आर्थिक रुपमा फाइदा हुन्छ।

दिक्क हुनुहुन्छ? कसरी हटाउने?
तपाईँलाई जसले पनि फेसबुकमा यही राखेको देखेर दिक्क लागेको हो भने नदेखिने बनाउने उपाय सजिलो छ। हेर्नुस्-

kaandhma-490x390

सबैभन्दा पहिला १ नम्बर लेखिएको जस्तो ठाउँमा क्लिक गर्नुस्। त्यसपछि तपाईँका लागि विभिन्न विकल्प आउँछन्। माथिको फोटोमा जस्तो Hide all from well finger देखिएन भने तलको उपाय अपनाउनुस्, see 2 more मा क्लिक गर्नुस्।
thap

त्यसपछि Hide all from well finger मा क्लिक गर्नुस्। बस्, तपाईँ ‘काँधमा थप जिम्मेवारी’ आत‍‍ंकबाट मुक्त हुनुभयो। अरु विभिन्न किसिमका यस्तै भाइरल भइरहेका आत‍ंकबाट मुक्त हुन चाहनुहुन्छ भने पनि यस्तै गर्दा हुन्छ।

-माई संसारबाट