सविनले ल्याए ‘कोरी र बाटी’ (भिडियाे सहित)

520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sabin lamaधादिङ । धादिङ महादेवबेशीका युवा गायक सविन लामाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केही समयअघि ‘नेपाल जिन्दावाद’ र ‘हे गोरी’को भिडियो रिलिज गरेका सविनले ‘कोरी र बाटी’ बोलको गीतलाई भिडियोमा ल्याएका हुन् ।

लामाको पहिलो एल्बम ‘सानो पाईला’ मा समावेश ६ वटा गीत मध्ये ‘कोरी र बाटी’ बोलको गित एक हाे । किसन गुरुङको शब्द र संगित रहेको भिडियोेलाई सुमन लामाले निर्देशन गरेका हुन् । भिडियोमा धर्मेन्द्र र सिर्जुको अभिनय रहेको छ । सविनले हाल सम्म एक दर्जन भन्दा बढि गितमा आवाज दिएका छन् ।

भिडियाे हेर्नुस्