८ हजार अस्थायी शिक्षकलाई गोल्डेन ह्यानसेकबाट घर पठाइदै

658 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ministryof_education_902929473_444984862काठमाडौं -सरकारले अस्थायी शिक्षकहरुलाई सहुलियतपूर्ण अवकाश (गोल्डेन ह्यान्डसेक) मार्फत विदा गर्ने भएको छ । लामो समयदेखि अस्थायीमा कार्यरत शिक्षकका लागि सहुलियतपूर्ण अवकाश दिनेगरि शिक्षा ऐनमा संसोधन विधेक तयार भएको छ । व्यवस्थापिका संसदको उपसमितिले सबै सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको छ । तीनवटा विकल्प सहित अस्थायी शिक्षकहरुको व्यवस्थापन गर्नेछ ।

आर्थिक वर्ष २०७२÷०७३ को बजेट वक्तव्यमा पार्नेगरि अस्थायी शिक्षकको व्यवस्थापन गर्न लागिएको स्रोतले जनाएको छ । हाल करिब २५ हजार अस्थायी शिक्षक कार्यरत छन् । सरकारले बजेट तर्जुमा गरेमा त्यसमध्ये आधाजसो शिक्षक सहुलियतपूर्ण अवकाशमा जानसक्ने देखिएको छ । विज्ञसभासदसहित रहेका कार्यदलले सबै सरोकारवालासँग छलफल गरेर प्रस्ताव तयार गरेको हो ।

५ वर्ष पूरा गरेका शिक्षकलाई स्थायी प्रक्रियामा लगिनेछ । अहिले ३२ वर्षसम्म अस्थायी रूपमा काम गरेका शिक्षक पनि कार्यरतछन् । प्रस्तावित विधेयकमा शिक्षक सेवालाई निरन्तरता दिन नचाहने अस्थायी शिक्षकले स्वैच्छिक अवकाश लिन सक्ने र उनीहरूका लागि ’गोल्डेन ह्यान्डसेक’ व्यवस्था गरिनेछ ।
गोल्डेन ह्यान्डसेक रकम भने सेवा गरेको वर्षका आधारमा नियमावलीमा तोकिनेछ ।

अस्थायी शिक्षकलाई प्रतिवर्ष बढीमा डेढ महिना र बटीमा आधा महिनाको अतिरिक्त तलब सुविधा दिएर तीनवटा मापदण्डमा बिदाइ गर्ने प्रस्ताव तयार भएको छ । सबैभन्दा धेरै समय कार्यरतलाई डेड महिनाका दरले, त्यसपछि एक महिना र कमलाई उसले काम गरेका बर्ष हिसाव गरेर आधा महिनाको तलब दिने प्रस्ताव तयार गरिएको छ ।

करिब ८ हजार शिक्षकले स्वच्छिक अवकास लिन सक्ने र गोल्डेन ह्यान्डसेक करिब डेड अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । गोल्डेन ह्यान्डसेकबाट विदा हुन नचाहानेलाई प्रतिस्पर्धा गराउने र फेल भएकालाई कुनै सुविधा नदिने तयारी छ ।

अस्थायी शिक्षकका पक्षमा पछिल्लो हुन लागेको यो अहिलेसम्मकै महत्वपूर्ण निर्णय मानिएको छ । २०५२ पछि शिक्षक सेवा आयोग नखुलेकाले सामुदायिक विद्यालयमा करिब २५ हजार शिक्षक अस्थायी रूपमा कार्यरत छन् । २०४९ देखि ०६३ सम्म धेरै भर्ना भएका थिए ओएनएस अनलाइनमा खबर छ ।  ।