दुर्घटनामा परि होमनारायणको ज्यान गयो
544 पटक पढिएको

धादिङ,१४ बैशाख ः धादिङको सलाङ गाविसका रहेको अमर आदर्श माविका प्रधानाध्यापक होमनारायण श्रेष्ठको दुर्घटनामा परि ज्यान गएको छ ।
मोटरसाइकलमा काठमाण्डौंबाट धादिङको सलाङ जांदै गर्दा धादिङको बैरेनी गाविस वडा नम्बर ८ खेस्टेखोला पुलमा श्रेष्ठ चढेको ना ११ प ३३७१ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउंदै गरेको ना ५ ख ११७२ नम्बरको ट्रकले ठक्कर दिंदा मंगलबार दिउंसो ३ वजे तिर श्रेष्ठको घटनास्थलमानै ज्यान गएको हो ।
श्रेष्ठलाई ठक्कर दिने ट्रकका चालक मिलन घलानलाई बैरेनी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ भने ट्रकलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।
दुई बर्ष अघि देखि दुवै मृगौलामा समस्या आएपछि नियमित उपचारमा रहेका श्रेष्ठ मंगलबार उपचार गरेर घर फर्कदै थिए । श्रेष्ठ नेकपा एमाले सलाङ गाउं कमिटीका अध्यक्ष समेत हुन । श्रेष्ठको निधन प्रति नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी,पुर्व अध्यक्ष एवम धादिङ क्षेत्र नम्बर २ का सांसद गुरुप्रसाद वुर्लाकोटीले बिज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन ।