धादिङमा पहिलो चरणमा कुन गाविसका कस्ले पाउँदैछ अनुदान

728 पटक पढिएको

सम्पादक: Dhading News

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ ।

तथ्याङ्क सङ्कलन गरी अनुदान पाउनयोग्य तीन लाख ९६१ घरधनीको सूची भूकम्प गएको एक वर्ष पुगेकै मितिमा सार्वजनिक भएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत अनुदान पाउनयोग्य घरधनीको नाम सूची सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए।

उनका अनुसार अनुदान पाउनयोग्य घरधनीको सङ्ख्या धादिङका २१ गाविसका २३ हजार ४४० रहेको छ ।

तथ्याङ्क सङ्कलनको बाँकी विवरण प्राप्त भएपछि अनुदान सम्झौताका लागि योग्य अन्य घरधनीको सूची पनि क्रमशः सार्वजनिक गर्दै लगिने प्राधिकरणले जनाएको छ । गत वर्ष वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटक–पटकको परकम्पले करिब आठ लाख घर पूर्ण रुपमा क्षति भएको थियो । अनुदान सम्झौता भएपछि सरकारले तीन किस्तामा क्रमशः रु ५० हजार, रु ८० हजार र रु ७० हजार गरी रु दुई लाख भूकम्पपीडितलाई रकम वितरण गर्नेछ ।

पहिलो चरणमा राहत पाउने धादिङका २१ गाविस र घरधनीहरुको विस्तृत बिबरण यस प्रकार रहेको छ ।

DHADING_LIST_FOR_ENROLLMENT