उपचारका क्रममा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन

489 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ब्रेन ट्युमरको समस्या देखिएपछि नियमित उपचारमा रहेका पत्रकार सूर्यकुमार क्षेत्रीको बैशाख १६ गते राती निधन भएको छ। केही समय अगाडि सफल सल्यक्रिया भएको क्षेत्रीलाई फेरि गाह्रो भएपछि  अस्पताल भर्ना गरिएको थियो।

13062502_10209384163590736_828043959776961619_nमाइतीघरको अन्नपूर्ण न्युरो अस्पतालमा उनको बिहीबार राति उपचारकै क्रममा निधन भएको केन्द्रिय सदस्य एवम वागमती अंचल संयोजक मुरारी अधिकारीले धादिङ न्यूजलाई  बताए।

यसअघि वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले पत्रकार क्षेत्रीको बुधबार दिउँसो सल्यक्रिया गरेको थियो।

क्षेत्री नेपाल प्रेस युनियनका सचिव हुन्।विभिन्न संचारमाध्यममा काम गरेका  क्षेत्री  सर्जक समेत थिए ।