सम्झी सम्झी रुदै गायक श्याम शितल

1085 पटक पढिएको

१७ बैशाख २०७३, शुक्रबार १०:३२ सम्पादक: धादिङ न्यूज

image

                अन्तत: लोक दोहोरी तथा आधुनिक गायक श्याम शितलले एक दोहोरी गीतको भिडियो दर्शक माझ ल्याएका छन । उनले आफ्नै शब्द संगीतमा “सम्झी रुँदा रुँदा” बोलको लोक दोहोरी गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका हुन । गायिका देवी घर्ती र कुसुम क्षेत्रीले उनलाई साथ दिएकी छिन् ।
शितल म्युजिक सेन्टरबाट बजारमा ल्याइएको सम्झी रुदा रुदाको भिडियोमा पनि शितल आँफै मोडलको रुपमा निकै जमेका छन भने कुसुम क्षेत्रीको अभिनय पनि जीवन्त देखिएको छ। भिडियोको निर्देशन दिवस राइले गरेका छन ।
निलकन्ठ ४ धादिङका गायक शितलले दोहोरी ५ र आधुनिक २ गरी सात वटा एल्बम बजारमा ल्याइसकेका छन । विगत ३ वर्ष देखी उनी परिवार सहित जापानमा बस्दछन ।

भिडियो हेर्नुहोस

https://youtu.be/2_y594x5sFo