गल्छी दोभानबाट त्रिशूली नदी माथि पक्कि पुल निर्माणका लागि अध्ययन
824 पटक पढिएको

धादिङको कल्लेरी गाविसमा मोटर चल्ने सडकको सञ्जाल जोड्न गोगनपानी गाविसको गल्छी दोभानबाट त्रिशूली नदी माथि पक्कि पुल निर्माणका लागि अध्ययन शुरु गरिएको छ ।
आईतबारबाट पक्कि पुल निर्माणका लागि कल्लेरीटार र गल्छी दोभानको सम्भावित स्थलहरुको अध्ययन शुरु गरिएको नेकपा एमालेका नेता जगन्नाथ नेपालले वताउनु भयो । सरकारले अघि सारेको नमुना शहर अन्र्तगत गल्छी बैरेनी क्षेत्रमा शहरीकरण लागि आवश्यक पुर्वाधार निर्माणमा सरकारले विभिन्न योजनाहरु अघि बढाएको छ ।
कल्लेरीटार गल्छी जोड्ने मोटरपुल निर्माण भएपछि गल्छीबाट कल्लेरीटार हुंदै नुवाकोट तर्फ र धादिङ जिल्लाको कल्लेरी,कुम्पुर, खाल्टे लगायतका गाविसमा रहेको सडक सञ्जालमा सजिलै संग मोटर लैजान सकिने र गाउंलाई शहर सम्म जोड्न र दैनिक उपभोग्य सामानहरु मोटर मार्फत गाउं लैजान सजिलो हुने वताईएको छ ।