प्रेस चौतारीको आठौं अधिबेशनका लागि आज देशैभरीबाट प्रतिनिधि छानिंदै

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesप्रेस चौतारी नेपालको आसन्न आठौं राष्ट्रिय अधिबेशनका लागि शनिवार आज देशैभरी एकै दिन प्रतिनिधि चयन गरिंदैछ ।
आगामी जेठ ६, ७ र ८ गते काठमाण्डौंमा हुन गईरहेको आठौं अधिबेशनका लागि प्रेस चौतारी नेपालका ७ हजार साधारण सदस्यबाट प्रतिनिधि चयन गरिंदैछ । पुरुष २० जना बराबर १ र महिला १० जना बराबर १ जना प्रतिनिधि छानिने प्रेस चौतारी नेपालको विधानमा व्यवस्था रहेको छ । चौतारीको मनाङ बाहेक ७४ जिल्लामा जिल्ला समिति रहेको छ भने राजधानीमा विभिन्न संचार प्रतिष्ठान रहेका छन । जस्मा रेडियो, पत्रिका,टिभि,अनलाइनको छुट्टै प्रतिष्ठान रहेको छ भने रासस, नेपाल टिभि, गोरखापत्र र रेडियो नेपालमा पनि संचार प्रतिष्ठान स्तरीय शाखा गठन भई क्रियाशिल रहेको छ ।
आठौं अधिबेशनबाट अध्यक्षमा चयन हुनका लागि वर्तमान कार्य समितिका महासचिव माधव नेपाल, बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माका साथै पुर्व उपाध्यक्ष गणेशकुमार बस्नेतको प्रतिस्पर्धा रहने सम्भावना देखिएको छ ।