कात्तिक–मंसिरमा स्थानीय चुनाव: प्रधानमन्त्री

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

07052016051743KP-1000x0

वैशाख २५, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक–मंसिरमा स्थानीय निकायको चुनाव हुने दाबी गरेका छन् ।

प्रहरी प्रधान कार्यलय निरीक्षण कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले भने, ‘कात्तिक मंसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।’ उनले आगामी २०७४ माघ ७ गते भित्रमा आम निर्वाचन हुने पनि स्पष्ट पारे ।

प्रधानमन्त्रीले दुई दिनअघि सत्तासाझेदार एमाओवादीसँग भएको ९ बुँदे सहमतिले सरकारका कामकारबाही प्रभावकारी बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । ‘९ बुँदे सहमति सरकारले काम गर्ने एग्रिमेन्ट पेपर हो,’ उनले भने ।

प्रधानमन्त्रीले देश संघीय संरचनामा गएकाले नेपाल प्रहरीले पनि आफ्नो संगठनात्मक संरचना बदल्नुपर्ने बताए । प्रहरीले विगतका आन्दोलनमा आफू मरेर पनि शान्ति सुरक्षा कायम गर्न भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

प्रधानमन्त्रीले केही वर्षदेखि नेपालमा साम्प्रदायिक आन्दोलनको बिउ छर्ने प्रयास भएको उल्लेख गरे ।