नदी छेउको खाल्डोमा डुवेर परियारको मृत्यु

505 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesधादिङ, २६ बैशाख ः क्रसर व्यवसायीहरुले नदी छेउको वगरबाट ढुंगा उत्खनन गर्न खनेको खाल्डोमा जमेको पानीमा परेर धादिङको बैरेनीमा एक युवकको ज्यान गएको छ ।
बैरेनी गाविसको वडा नम्बर ९ जिन्ठेवगरमा क्रसरले ढुंगा निकाल्न खनेको खाल्डोमा डुवेर बैरेनी गाविस वडा नम्बर ९ का १७ बर्षिय राजु परियारको ज्यान गएको हो । नदी छेउमा अबैध ढंगबाट रोडा उत्खनन गरि संचालन हुंदै आईरहेका क्रसर उद्योगका कारण धादिङमा बर्षेनी धेरै जनाको ज्यान गएपनि स्थानीय प्रशासन र सरोकारवाला निकायले यस तर्फ खासै चासो दिन नसकेको सर्वसाधरणको गुनासो छ ।
आईतबार दिउंसो अत्याधिक गर्मि भएपछि नुहाउन भन्दै नदी छेउको पोखरीमा पसेका परियारको सोही पोखरीमा डुवेर ज्यान गएको थियो ।