बाल विवाह बढेकोमा महिलाहरुद्धारा चिन्ता व्यक्त

1213 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (4)धादिङ-अमेरिकन जेविस वल्र्ड सर्भिस (AJWS)को सहयोगमा सहयात्री समाज नेपालद्धारा सञ्चालित महिला हिंसा अन्त्य तथा महिलाको न्यायमा पहुँच कार्यक्रम अन्र्तगत मैदी वडा नम्बर ९ पिपलटारमा महिलामाथी हुने हिंसा बिरुद्धको  अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आमा समुहका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु गरि ४० जनाको सहभागिता रहेको कार्यक्रममा महिलामाथी हुने हिंसा र बालबाविवाहका बारेमा छलफल गरिएको थियो ।छलफलमा सहभागी महिलाहरुले पिपलटारमा बालविवाहको समस्या रहेको र महिलामाथी घर भित्र हुने हिंसा पनि अत्यधिक रहेको बताएका थिए । आर्थिक, सामाजिक र शैक्षिक स्थिती कमजोर भएकोले पनि बालविवाह नरोकिएकोमा महिलाहरुले चिन्ता व्यक्त गरेका थिए । बालविवाहका कारण स्वास्थ्यमा समस्या देखिने, नागरिकता विवाहदर्ता बनाउन नसक्ने र हिंसा भोग्नुपर्ने अवस्था आएको पनि महिलाहरुले बताएका थिए । बढआगामी दिनमा पनि सचेतनाका कार्यक्रम र जिविकोपार्जन कार्यक्रमहरु ल्याउन सुझाव दिएका थिए । कार्यक्रममा सहयात्री समाज नेपालका रिता तिवारी र शान्ति नेपालका देवी जोशीले सहजीकरण गर्नुभएको छ ।