चौतारीको महाधिवेशन तयारी अन्तिम चरणमा

593 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13233142_1102056186521695_225482415405624392_n - Copyकाठमाडौँ, प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही जेठ ६ देखि ८ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन र आवास तथा अन्य तयारीको काम लगभग पूरा भएको सचिव गणेश पाण्डेले जानकारी दिनुभयो ।

नयाँ नेतृत्व चयनसमेत हुने भएकाले चौतारीमा आबद्ध पत्रकारबीच चुनावी सरगर्मी पनि सुरु भएको छ । अध्यक्षमा पूर्वउपाध्यक्ष गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने भए पनि सहमतिको प्रयास पनि जारी रहेको बताइएको छ ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।