घुम्तिकोष व्यवस्थापन सम्वन्धि अभिमुखीकरण

431 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङले गरीवि निवारण कार्यक्रम अन्तर्गत दार्खा गाविस मा गठन गरेको १७ वटा सामुदायीक संस्थाका अगुवाहरुलाई १ दिने घुम्तिकोष व्यवस्थापन सम्वन्धि अभिमुखीकरण दार्खा गाविसमा सम्पन्न गरेको छ । कार्यक्रममा सामुदायीक संस्थाका ३० जना अगुवाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गरीवि निवारण कार्यक्रममा जिल्ला कार्य प्रवन्धक अनिल खनाल,सिड्स का कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र सामाजिक परिचालक सरोज तामाङले सहजीकरण गर्नुभएको थियो । आर्थीक स्तरोन्नतीका लागी सामुदायीक संस्थामा भएको घुम्तिकोष लाई परिचालन र व्यवस्थापन गर्ने प्रक्रियाहरुको विषयमा सहजीरकरण गरीएको थियो ।
यसै क्रममा गरीवि निवारण कार्यक्रममा जिल्ला कार्य प्रवन्धक अनिल खनाल द्धारा वगैचा सामुदायीक संस्था र नेत्रावति सामुदायीक संस्था को अनुगमन गरीएको छ ।
सामुदायीक संस्था मा भएको रकम वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले पनी ऋण रुपमा लिई विदेश जाने गरेको अवस्था भएकोले सो रकम लाई सहजै तवरवाट परीवारले सामुदायीक संस्थामा फिर्ता गर्नका लागी वैदेशिक रोजगार सुरक्षित हुनु आवश्यक हुन्छ । यसै कुरालाई मध्यनजर गरी युवाहरुको वैदेशिक रोजगारलाई सुरक्षित र लाभदायक वनाउनका लागी आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने र सिप तालिम लिएर मात्र विदेश जानुपर्ने विषयमा सिड्स का कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी गराउनुभएको थियो । सिड्स धादिङले हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको साझेदारीमा सुरक्षित आप्रवासन(सामी) परियोजना कार्यान्वयन गरीरहेको छ ।