द्धन्द्ध पीडितहरुको उजुरी प्रक्रियामा आयोगको अनुगमन

351 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले धादिङका द्धन्द्ध पीडितहरुको उजुरी दर्ता प्रक्रियाको अनुगमन गर्नु भएको छ । धादिङ जिल्लामा द्धन्द्ध पीडितहरुको उजुरी दर्ता गर्ने प्रक्रिया राजनीतिक दलहरुको हस्ताक्षेपको गुनासो केन्द्रमा परेपछि आयोगले आज अनुगमन गरिएको हो । अनुगमनको क्रममा धादिङ जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा नागरिक समाजका ब्यक्तिहरु, स्थानिय शान्ति समिति र मानव अधिकारकर्मीहरुले द्धन्द्धको समयमा भएको घटनाहरुको बारेमा गुनासो राखेका थिए । १० बर्षीय माओवादीको द्धन्द्धको समयमा सरकार पक्ष र माओवादी पक्षबाट ८ हजार १ सय ४१ जना बेपत्ता र मारिएका घटनाहरुको उजुरी परेको केन्द्रकी पदाधिकारी झाले बताउनु भयो । यसै गरी धादिङ जिल्लामा भने २६ वटा उजुरीहरु दर्ता भएको स्थानिय शान्ति समिति धादिङले जनाएको छ । द्धन्द्धको समयमा धादिङ जिल्लामा धेरैले ज्याान गुमाएको भए पनि उजुरी दर्ता गराउने क्रममा राजनीतिक दलहरुको कारणले उजुरी कम मात्रमा दर्ता भएको द्धन्द्ध पीडित फुलमाया तामाङले बताउनु भयो । २०५६ सालमा राज्य पक्षले श्रीमान धरेन्द्र तामाङलाई धादिङको धुवाँकोट गाउ बिकास समिति वडा नं १ बाट बेपत्ता पारी मारिएको श्रीमती फुलमाया तामाङले बताईन् । राज्य पक्षले श्रीमानलाई मारिएको १७ बर्ष भैसक्दा समेत अहिले सम्म पीडितको कुरा नसुनेको उहाँको भनाई रहेको छ । गुनासो संकलन गर्ने क्रममा पीडितहरुले द्धन्द्धको समयमा मारिएको ब्यक्तिहरुको नाममा दर्ता भएको मुद्धाहरुको अदालतले हेर्र्न नपाउने गुनासो राखेका थिए । शहिद तथा बेपत्ता परिवारहरुको लागि सरकार तथा आयोगले सुरक्षाको ग्यारेन्टी लिनु पर्ने माग राखेका थिए । बेपत्ता परिवारको नाममा भएको चल अचल सम्पती छोरा÷ छोरी वा आमाको नाममा नाम सारी गर्ने ब्यबस्था तत्काल गर्नु पर्ने बताएका थिए । द्धन्द्ध पीडितहरुले उजुरी कर्ताहरुलाई शान्ति सुरक्षाको ग्यारेन्टी छ ?,उजुरी दर्ता गर्ने सहज छ ?,उजुरी भएको घटनाहरुको आयोगले द्धन्द्धको समयमा भएको हो या होइन भनी कसरी पहिचान गर्छ भनी आयोग समक्ष गुनासो राखेका थिए । पीडितहरुले राखेको गुनासोका जवाफ दिने क्रममा झा ले उजुरी दिने ब्यक्तिहरुको सुरक्षा आबश्यक परेमा आयो मार्फत प्रशासनलाई सिफारिस गरी सुरक्षाको ब्यबस्था मिलाउने बताउनु् भयो । उजुरी परेका घटनाहरुको आयोग समितिमा ५ सदस्य बज्ञ समितिको गठनले सत्य तथ्य पहिचान गरी आयोगले अनुगमन गरेपछि मात्र सही कुरा पत्ता लगाउने झा को भनाई छ ।