धादिङको नौविसे केन्द्रबिन्दु बनाइ मध्यरातमा भूकम्प

391 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-जेष्ठ ११, २०७३- गएराति मध्यरातमा धादिङको नौबिसे आसपास केन्द्र बनाएर आएको  ४.२ रेक्टर स्केलको परकम्प गएको छ ।

  राति १२ बजेर ५४ मिनेटमा गएको पराकम्पनको धक्का काठमाडौँ र छिमेकी जिल्लामा महसुस गरिएको थियो । राति १२ बजेर ५४ मिनेट जाँदा धादिङको नौबिसे र जीवनपुरको बीचलाई केन्द्र बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  ।पराकम्पन पछि धादिङ जिल्लाका सदरमुकाम धादिङबेसीका साथै जिल्लाको अन्य गाउंबस्तिका वासिन्दा घर बाहिर निस्किएर बसेका थिए ।

 केन्द्रका अनुसार उक्त कम्प गोरखा भूकम्पकै परकम्प हो । हालसम्म ४ रेक्टर माथिका ४सय ५९ वटा परकम्प गइसकेका छन् ।