पृथ्वी राजमार्गअन्तर्गत सुरुङ निर्माणका लागि एक अर्ब ८६ करोड

452 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

budकाठमाडौं । नेपालका सबै सबै गाविसमा मोटर बाटो दुई वर्षभित्र पुर्‍याउने घोषणा गरेको छ । जसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आव २०७३/७४ को बजेटमा राजस्व र व्ययको वार्षिक अनुमानमा डोल्पा सदरमुकामलाई आगामी एक वर्षमा र हुम्ला सदरमुकामलाई आगामी दुई वर्षमा सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइने उल्लेख गरिएको छ ।

सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण आगामी पाँच वर्षमा सम्पन्न गर्न बहुवर्षीय ठेक्का गर्ने भएको छ ।
सरकारले हुलाकी राजमार्गलाई समयमै सम्पन्न गर्न यस आवमा सात अर्बको व्यवस्था गरेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत सुरुङ निर्माण कार्य आगामी आवमा सुरु गरिने र त्यसका लागि एक अर्ब ८६ करोड विनियोजन गरिएको छ ।