शेरबहादुरदेखि खुमबहादुरसम्मलाई कारवाही माग गर्दै उजुरी

734 पटक पढिएको

२६ जेष्ठ २०७३, बुधबार ०६:२६ सम्पादक: धादिङ न्यूज

1465315029_imagesकाठमाडौं । पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकका हत्या आरोपीलाई कारवाहीको माग गर्दै सेनकी पत्नी तक्मा केसीले सत्य निरुपण तथा मेलमिलाप आयोगमा किटानी जाहेरीसहित उजुरी दर्ता गरेकी छन् ।

लामो समयदेखि न्यायको संघर्ष गर्दै आएकी सेनकी जीवनसँगीनी केसीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन गृहमन्त्री खुमबहादुर खड्का, तत्कालिन डिएसपी अमरसिंह शाह, अर्का तत्कालिन डिएसपी बिक्रम थापाको बिरुद्धमा किटानी जाहेरी सहित मंगलवार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेकी हुन् ।

उजुरी फाराम भर्दै सेनकी जीवनसंगीनी केसीले मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने पक्ष, व्यक्तिको थाहा भएसम्मको नाम, थर, ठेगाना र हुलिया, तत्काल कार्यरत र हाल कार्यरत कार्यालयको नाम र ठेगानामा तत्कालिन प्रधानमन्त्री, तत्कालिन गृहमन्त्री र तत्कालिन डिएसपीहरुको नाम किटानी गरेर जाहेरी दिएकी छन् ।

त्यस्तै यूनिफाईड कमाण्डको नेतृत्व तहका पदाधिकारीको ठाडो आदेशमा सेनको हत्या भएको र तत्कालीन प्रहरी प्रमुख आईजिपि प्रदिप शमशेर जबरा, तत्कालीन यूनिफाईड कमाण्डका सेनाका कमाण्डर, डिएपी बिक्रमसिंह थापा, तत्कालीन जिल्ला प्रशासन कार्यालयका प्रमुख आदिको बिरुद्धमा उजुरी गरेकी हुन् । पत्रकारहरु संगीता खड्का, प्रभात चलाउने, अतिन्द्रकेशरी न्यौपाने र जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई साक्षी राखेर केसीले उक्त उजुरी दर्ज गरेकी हुन् ।