बालुवा खानीमा पुरिएर तीन जनाको ज्यान गयो

542 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट, २७ जेठ ः अबैध ढंगबाट संचालित बालुवाको खानीमा मिनिट्रकसहित पुरिंदा नुवाकोटमा तीन जनाको ज्यान गएको छ । विहीवार बिहान १० बजेको समयमा नुवाकोट सदरमुकाम विदुरदेखि १८ किलोमिटरको दूरीमा पर्ने खड्गभञ्ज्याङ गाविस–९ बुधसिङघाटस्थित एक अबैध बालुवा खानीको ढिस्को खसेर ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।
mritak photoनुवाकोट प्रहरीका अनुसार स्काभेटरले बा ३ ख ९७०९ नंबरको आइचर मिनिट्रकमा बालुवा खनेर लोड गर्दै गरेको अवस्थामा ढिस्कोमाथीबाट बालुवाको पहिरो खसेको थियो । बालुवको ढिस्कोले पुरिएर मृत्यु हुनेहरुमा मिनिट्रक चालक दाङसिङ–४ का ३५ वर्षिय गंगासिङ नाम गरेका विकास तामाङ, सोही ठाउँका सहचालक प्रकाश तामाङ र खानीका कामदार खड्गभञ्ज्याङ–९ कै २२ वर्षका शंकर राइ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोठले जनाएको छ । घटनापछि स्थानिय गाउँले र प्रहरी टोलीको सक्रियतामा ३ घण्टाको प्रयासपछि शवको उत्खनन् गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिनुभयो । स्काभेटर र पुरिएको मिनिट्रकलाई पनि झिकेर जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाको थप अनुसन्धान भइरहेको डिएसपी ऋषिराम कँडेलले बताउनु भयो । यसरी मानिसको ज्यानसमेत लिनेगरी भएको घटनास्थल नजिकमा आधा दर्जन बालुवा खानीहरु रहेको वताईएको छ । नुवाकोट भर मापदण्ड विपरित ढंगबाट अवैध रुपमा उत्खनन् भई संचालन भईरहेका धेरै ढुंगा तथा बालुवाका खानीहरु रहेका छन् । जसले खानीमा उत्खनन्को काम गर्दागर्दै मानिसहरु पुरिने र मारिने बढ्दो त्रास त छँदैछ । त्यसभन्दा बढी नजिकमा रहेका वस्तीहरुसमेत पहिरोको उच्च जोखिममा पर्दै गएका छन । जिल्लामा संचालित अधिकांश खानीहरु अनुमती बिना नै चलाईएको र कतै बालुवा निस्कने स्थान पाउनासाथ होडवाजीबाट उत्खनन् हुने गरेको स्थानीयको आरोप छ । जिल्ला विकास समितिले आन्तरिक राजश्व असुलीका नाममा मापदण्ड नपुगेका जिल्लाका थुप्रै खानीहरुलाई नियमविपरित उत्खनन्को इजाजत दिने गरेको र अहिले नुवाकोटमा बालुवा तथा ढुंगा उत्खननका लागि भनेर का २५ भन्दा बढी खानीहरुले मात्र इजाजत लिएका छन् ।
तस्बिर :पत्रकार रामहरी न्यौपाने /नुवाकोट